कस्ता शब्द असंसदीय हुन्छन् ? यस्तो छ प्रतिनिधिसभाको नयाँ नियमावली

अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने, भेदभाव गर्ने, मर्यादा घटाउने, अप्रमाणित आरोप लगाउने, भौगोलिक भेदभाव झल्कने गरी बोलेको शब्द असंसदीय शब्द हुने

वैशाख ८, २०८३

जयसिंह महरा

What words are unparliamentary? These are the new rules of the House of Representatives

काठमाडौँ — बारम्बार संसद्‍मा सांसदले बोल्दा असंसदीय भाषा प्रयोग गरेको भन्दै विरोध हुने गर्थ्यो । तर नियमावली किटान नगरिएकालेर् कुन शब्द असंसदीय हो भन्ने स्पष्ट थिएन । अब भने प्रतिनिधिसभा नियमावलीमै असंसदीय शब्दलाई परिभाषित गरिएको छ ।

प्रतिनिधिसभा नियमावली-२०८३ को मस्यौदामा असंसदीय शब्दलाई परिभाषित गरिएको छ। नियमावलीको नियम २ को परिभाषा खण्डको उपनियम 'ग' मा भनिएको छ, 'असंसदीय शब्द' भन्नाले अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने, भेदभाव गर्ने, मर्यादा घटाउने, अप्रमाणित आरोप लगाउने, भौगोलिक भेदभाव झल्कने गरी बोलेको शब्दलाई असंसदीय शब्द सम्झनु पर्छ ।'

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले नयाँ नियमावली तयार पारेको हो । समितिले आजै सभामुख डीपी अर्याललाई नियमावली बुझाइसकेको छ ।

नियमावलीको पूर्ण पाठ 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully