सर्वोच्चको फैसला आएपछि कान्तिपुरसँगको कुराकानीमा उनले भने, 'म विशेष महाधिवेशनबाट स्वयं घोषित सभापति र कार्यसमितिलाई मान्दिनँ ।'
काठमाडौँ — कांग्रेस नेता विमलेन्द्र निधिले सर्वोच्च अदालतले कांग्रेस विवादसम्बन्धी रिटमा शुक्रबार दिएको फैसलालाई आफूले स्वीकार नगर्ने बताएका छन् ।
सर्वोच्चको फैसला आएपछि कान्तिपुरसँगको कुराकानीमा उनले भने, 'म विशेष महाधिवेशनबाट स्वयं घोषित सभापति र कार्यसमितिलाई मान्दिनँ ।'
निधिले अब कसरी अघि बढ्ने भन्ने सम्बन्धमा आफ्नो पक्षका नेताहरूसँग छलफल गरेपछि तय हुने बताए । गत फागुन २१ को निर्वाचनमा निधि धनुषा-३ बाट उम्मेदवार भएका थिए । विशेष महाधिवेशनलाई स्वीकार नगर्ने बताएका निधिले निर्वाचनमा भने त्यही महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको हस्ताक्षरबाट टिकट लिएका थिए ।