संसदीय समिति सभापतिका लागि रास्वपाले टुंग्यायो नाम

रास्वपाले लेखा समिति भने प्रमुख प्रतिपक्षी दललाई दिने भनेको छ

वैशाख ३, २०८३

जयसिंह महरा

RSP finalizes name for parliamentary committee chair

काठमाडौँ — सत्तारुढ दल रास्वपाले संसदीय समितिहरूका सभापतिहरूमा नाम प्रस्ताव गरेको छ । बिहीबार संसदीय दलको बैठकमा समेत संसदीय समितिका लागि कसले उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको छ । 

कानुन न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा अशोक चौधरी, पूर्वाधार विकासमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिलामा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासनमा हरि ढकालको नाम टुंगो लागेको छ ।

त्यस्तै संयुक्त समितिका रूपमा रहेका संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्कीको नाम टुंगो लागेको छ ।

त्यस्तै अन्तराष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितमा रहबर अन्सारी र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचनको नाम रास्वपाले टुंग्याएको छ । सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई दिने रास्वपाले जनाएको छ ।  

संघीय संसद्‍मा १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभाअन्तर्गत १० वटा र राष्ट्रिय सभाअन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा भने संयुक्त समिति रहेका छन् । 

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति र संसदीय सुनुवाइ समिति भने संयुक्त समिति हुन् । 

RSP finalizes name for parliamentary committee chair

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully