रास्वपा मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

बुर्लाकोटी गोरखा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार र धिताल भने समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए ।

वैशाख ३, २०८३

जयसिंह महरा

Burlakoti as chief whip of the Rashtriya Swayamsevak Sangh (RSS), Pariyar and Dhital as whips

काठमाडौँ — रास्वपा संसदीय दलको बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ । त्यस्तै सचेतकको जिम्मेवारी भने दुई जनालाई दिइएको छ । सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई छनोट गरिएको एक सांसदले जानकारी दिए । बुर्लाकोटी गोरखा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए । 

बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले संसदीय समितिका सभापतिहरू पनि टुंगो लगाउँदैछ । 

Burlakoti as chief whip of the Rashtriya Swayamsevak Sangh (RSS), Pariyar and Dhital as whips

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully