२७ चैतको प्रतिनिधिसभा बैठकबाट उक्त पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् ।
काठमाडौँ — प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् ।
यही २७ चैतको प्रतिनिधिसभा बैठकबाट उक्त पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । ठाकुरले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरेकी छन् ।
सभामुख अर्यालले उपसभामुख अर्याललाई बधाई तथा शुभकामना दिएको सभामुखको सचिवालयले जनाएको छ ।
