राष्ट्रपति पौडेलले आज संघीय संसद्‍मा सम्बोधन गर्ने

त्यसका लागि दुबै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ।

चैत्र २७, २०८२

रासस

President Poudel to address the Federal Parliament today

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३ : ०० बजे संघीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्। 

त्यसका लागि दुबै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ।

रासस

Link copied successfully