सभामुख डीपी अर्यालले प्रतिनिधिसभा अन्तर्गतका १० वटा समितिमा रहने सांसदहरूको नामावली प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेका थिए ।
काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समिति गठन भएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकले विषयगत समिति गठन गरेको हो ।
सभामुख डीपी अर्यालले प्रतिनिधिसभा अन्तर्गतका १० वटा समितिमा रहने सांसदहरूको नामावली प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभा अन्तर्गतका १० समितिमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, कृषि, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, शिक्षा र सार्वजनिक लेखा समिति रहेका छन् ।
त्यस्तै, संसदीय सुनुवाइसहितका संयुक्त समितिलाई पनि प्रतिनिधिसभाले पूर्णता दिएको छ ।
कुन संसदीय समितिमा को सांसद ? सूची:
![10 parliamentary committees formed in the House of Representatives, who is in which committee? [Roster]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/parliament-4-10-2026-1042026034106-1000x0.jpg&w=1001&h=0)