संघीय संसद्‌का दुवै सदनको अधिवेशन शुक्रबार अन्त्य हुने

राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

चैत्र २६, २०८२

कान्तिपुर संवाददाता

The sessions of both houses of the Federal Parliament will end on Friday.

काठमाडौँ — संघीय संसद्‌का दुवै सदनको अधिवेशन शुक्रबार अन्त्य हुने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । संसद् अधिवेशन अन्त्यका लागि मंगलबार मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो ।

The sessions of both houses of the Federal Parliament will end on Friday. 

कान्तिपुर

Link copied successfully