सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता

सभामुखमा अर्याल निर्वाचित भएपछि उनीहरुबीच पहिलो औपचारिक भेटवार्ता भएको हो ।

चैत्र २६, २०८२

रासस

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ । सभामुखमा अर्याल निर्वाचित भएपछि उनीहरुबीच पहिलो औपचारिक भेटवार्ता भएको हो । 

भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । यही चैत २२ गते सभामुखमा अर्याल निर्विरोध निर्वाचित भएका थिए । प्रतिनिधिसभा र राष्ट्रिय सभा रहेको संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

रासस

Link copied successfully