विगतमा प्रधानमन्त्री नियुक्त भएसँगै कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक आवतजावत हुने गरेको थियो।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दैछन्।
प्रधानमन्त्री कार्यालयका अनुसार शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विदेशी राजदूतहरूसँग सामूहिक भेट हुन लागेको हो। भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्।
विगतमा प्रधानमन्त्री नियुक्त भएसँगै कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक आवतजावत हुने गरेको थियो।
यसपटक भने शाहले त्यो परम्परा अन्त्य गर्दै राजदूतहरूसँग औपचारिक सामूहिक भेटघाट गर्न लागेका हुन्।
गत फागुन २१ गते भएको निर्वाचनमा उनी आबद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिकको मत ल्याएपछि शाह चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका थिए।