प्रतिनिधिसभाको बुधबारको बैठकमा किसान मुलुकमा अन्नदाता भएको भन्दै उनले खेतीको समयमा भन्दै विगतमा जस्तै मलको लागि याचना गर्नुपर्ने अवस्था फेरि आउन नहुने उनको भनाइ छ ।
काठमाडौँ — रास्वपाका सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मल अभाव नदोहोरिने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा किसान मुलुकमा अन्नदाता भएको भन्दै उनले खेतीको समयमा भन्दै विगतमा जस्तै मलको लागि याचना गर्नुपर्ने अवस्था फेरि आउन नहुने उनको भनाइ छ । ‘किसान हाम्रा अन्नदाता हुन् । विगतमा झैं खेतीको समयमा किसानले रासायनिक मलको लागि याचना गर्नुपर्ने नियति नदोहोरियोस् । यस वर्ष सरकारले के तयारी गरेको छ ? सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’उनले भने ।
सांसद पाठकले मल आपूर्तिका लागि सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन समेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
