जेन-जीसँगको १० बुँदे सम्झौता अक्षरश: कार्यान्वयन हुनुपर्छ : सांसद खरेल

आजको प्रतिनिधिसभा बैठकमा उनले भने, 'जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिदको आमा र परिवारको आँखा अझै ओभाएको छैन । उनीहरूकै योगदानले यो परिवर्तन सम्भव भएको हाे ।'

चैत्र २५, २०८२

कान्तिपुर संवाददाता

10-point agreement with Gen-G must be implemented literally: MP Kharel

काठमाडौँ — रास्वपाका सांसद जगदिश खरेलले तत्कालीन सरकारसँग जेन-जीले गरेको १० बुँदे सम्झौता अक्षरश: कार्यान्वयनको माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले भने, 'जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिदको आमा र परिवारको आँखा अझै ओभाएको छैन । उनीहरूकै योगदानले यो परिवर्तन सम्भव भएको हाे ।' यसकारण सरकारसँगको १० बुँदे सम्झौता अक्षरश: कार्यान्वनको उनले माग गरेका हुन् । 

उनले संसद्‍मा २१ फागुनमा भएको निर्वाचनले राजनीति र नेतृत्वको नयाँ परिभाषा सृजना गरिदिएको पनि बताए । उक्त निर्वाचनमा तत्कालिन प्रधानमन्त्री सुशीला कार्कीले खेलेको भूमिकालाई पनि बिर्सनु नहुने बताए ।

कान्तिपुर

Link copied successfully