१५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहेका छन् ।
काठमाडौँ — प्रतिनिधिसभाको आज बसेको बैठकले प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न नियमावली मस्यौदा समिति गठन गरेको गरेको छ । १५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहेका छन् ।
यस्तै, समितिको सदस्यहरूमा ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, र सुलभ खरेल रहेका छन् ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको प्रस्तावबमोजिम सो दलका सांसद गणेश पराजुली सभापति रहने गरी सबै दलका सदस्यहरू सम्मिलत समिति सर्वसम्मतिले पारित भएको हो ।
