सेयर बजारबाट ठूला लगानीकर्ता बाहिरिने खतरा टार्न सरकारले तत्काल कदम चाल्नुपर्छ : सांसद रोकाय

सेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको औँल्याउँदै उनले त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्नेमा जोड दिए।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Government should take immediate steps to avert the threat of big investors exiting the stock market: MP Rokaya

काठमाडौँ — राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले सेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 

सेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको औँल्याउँदै उनले त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्नेमा जोड दिए।

‘सेयर बजारमा लगानीकर्ताले करिब ३ खर्ब गुमाएका छन्, नयाँ र बलियो सरकार आईसकेपछि उद्योगी, व्यवसायी उत्साही पनि थिए,’ रोकायले भने, ‘तर सरकारले उद्यागी व्यवसायीमाथि गरेको एक्सनले पुँजी बजार अब बढ्न पाउँदैन भन्ने नकारात्मक भाष्य सृजना भएकाले नेप्सेमा लगातार उच्च अंकको गिरावट देखिएको स्टक ब्रोकर एसाेसिएसनले जनाएको छ।’

‘अहिले त्रासका कारण ठूला व्यवसायी बजारबाट बाहिरिने खतरा बढेकोछ । यसतर्फ सम्माननीयज्यूमार्फत म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले थपे।

कान्तिपुर

Link copied successfully