सरकारले स्टन्ट नगरोस्, संविधान पढोस्: नेकपा सांसद दुलाल

दुलालले संविधानले समाजवादउन्मुख राज्यव्यवस्था निर्माण गर्ने संकल्प गरेको उल्लेख गर्दै सरकारको त्यसतर्फ ध्यान जानुपर्नेमा जोड दिए।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Government should not perform stunts, read the constitution: NCP MP Dulal

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले काम देखाउने नाममा 'स्टन्ट' गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारलाई संविधान पढ्न समेत सुझाए । 'सरकार एक्सनमा जाओस् तर सरकार स्टन्ट गरेर समय बर्बाद नगरोस् । यदि त्यसो गर्‍यौं भने फेरि हामीले नवयुवाहरुको भावनालाई सम्बोधन गर्न सक्दैनौँ ।’

दुलालले संविधानले समाजवादउन्मुख राज्यव्यवस्था निर्माण गर्ने संकल्प गरेको उल्लेख गर्दै सरकारको त्यसतर्फ ध्यान जानुपर्नेमा जोड  दिए।

‘युवाहरुले यो व्यवस्थाका विरुद्ध संघर्ष गरेका थिएनन्, हाम्रो अवस्थाका विरुद्ध संघर्ष गरेका थिए । यसमा मौलाउँदै गरेको विकृति, विसंगति र भ्रष्टाचारका विरुद्धमा संघर्ष गरेका थिए । नवयुवाहरुले आम नागरिकको भावनाको समेत प्रतिनिधित्व गर्ने गरेर विद्रोह गरेका थिए' , उनले भने,  'सरकारले यो संविधान पढोस् । समाजवादउन्मुख राज्यव्यवस्था निर्माण गर्ने जुन संकल्प गरेको छ यो संविधानले त्यसतर्फ राज्यको ध्यान जाओस् ।' 

कान्तिपुर

Link copied successfully