किन ढिलाइ गर्दै छ दलको नेता चयन गर्न कांग्रेस ?

कांग्रेसमा अझै कहिले भन्ने तय भएको छैन । ढिलाई हुनुका पछाडि पार्टीभित्रको चर्केको आन्तरिक बिबाद र जेष्ठ सदस्यको हैशियतमा सभामुखको भूमिका निर्वाह गरीरहेका अर्जुननरसिंह केसीको आग्रह मुख्य कारण देखिएको छ ।

चैत्र २२, २०८२

कुलचन्द्र न्यौपाने

Why is the Congress delaying the election of the party leader?

What you should know

काठमाडौँ — संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले संसदीय दलको नेता छनोट गरीसक्दा कांग्रेस भने अझै अलमलमा छ । नयाँ निर्वाचन भएर सांसदहरुले शपथ लिएको दश दिन पुगि सक्दा समेत कांग्रेसले औपचारिक रुपमा दलको नेता चयन गर्ने प्रकृया अघि बढाएको छैन् ।

नयाँ निर्वाचनपछि संसदमा रास्वपा, कांग्रेस, एमाले, नेपाली कम्यूनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति र राप्रपाको प्रतिनिधित्व छ । कांग्रेसबाहेक सबै दलको नेता छनोट भइसकेको छ । प्रधानमन्त्री बालेन्द्र शाहनै रास्वपाका संसदीय दलका नेता हुन भने एमालेले रामबहादुर थापा, नेकपाले पुष्पकमल दाहाल, श्रम संस्कृतिले हर्क साम्पाङ र राप्रपाले ज्ञानबहादुर शाहीलाई दलको नेता चयन गरीसकेका छन् ।

कांग्रेसमा अझै कहिले भन्ने तय भएको छैन । ढिलाई हुनुका पछाडि पार्टीभित्रको चर्केको आन्तरिक बिबाद र जेष्ठ सदस्यको हैशियतमा सभामुखको भूमिका निर्वाह गरीरहेका अर्जुननरसिंह केसीको आग्रह मुख्य कारण देखिएको छ ।

अर्कोतर्फ निर्वाचन पछाडि विशेष महाधिवेशन बैध कि अवैध भन्ने बिबाद फेरि चर्किएको छ । पूर्व सभापति शेरबहादुर देउवा पक्षले बिशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्व र केन्द्रीय कार्यसमितिको अस्तित्व अझै स्वीकार गरेको छैन् । सभापति गगन थापाकै हस्ताक्षरबाट टिकट लिएर चुनाव लडेका कतिपय नेताहरु समेत महाधिवेशनलाई अवैधानिक भन्दै केन्द्रीय कार्यसमितिको विपक्षमा छन् ।

कांग्रेसमा अझै कहिले भन्ने तय भएको छैन । ढिलाई हुनुका पछाडि पार्टीभित्रको चर्केको आन्तरिक बिबाद र जेष्ठ सदस्यको हैशियतमा सभामुखको भूमिका निर्वाह गरीरहेका अर्जुननरसिंह केसीको आग्रह मुख्य कारण देखिएको छ ।देउवा पक्षीय नेताहरुको मुख्य ध्यान आइतबार सर्वोच्च अदालतमा रहेको तारेखप्रति छ । बिशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई गत माघ २ गते बैधानिकता दिने निर्वाचन आयोगको निर्णय बिरुद्ध देउवा र तत्कालीन कार्यबाहक सभापति पुर्णबहादुर खडकाले सर्वोच्च अदालतमा रिट हालेका थिए । अदालतले आफ्नो पक्षमा फैसला गरिदिए त्यसको प्रभाव पर्ने आशा देउवा पक्षमा रहेका नेताहरुको छ । यसअघि देउवा पक्षमा रहेका थुप्रै नेताहरु बिशेष महाधिवेशनबाट आएका केन्द्रीय कार्यसमितिमा जोडिएका छन । देउवापक्षबाट टिकट लिएका सांसदहरु समेत पुरानो संस्थापन छाडेर नयाँ ‘बदलिएको’ कांग्रेसमा आएका छन । 

‘आइतबार सर्वोच्चले फैसला हाम्रो पक्षमा आएमा दलको नेता हाम्रै पक्षमा हुन्छ । दिएन र फेरि ढिलाइ भयो भने पार्टी एकताको लागि पहल हुनसक्छ, त्यतिबेला सर्वसम्मति गर्ने प्रयास समेत रहँला’ देउवा पक्षीय एक नेताले भने,‘आइतबार सम्म अदालतको निर्णयको प्रतिक्षा गरौ भन्ने सबै साथीहरुको भावना रहेकाले त्यसतर्फ ध्यान दिएका छौ ।’

प्रतिनिधिसभाको सभामुखका लागि शुक्रबार भएको मनोनयमा रास्वपाका उपाध्यक्ष डीपी अर्याल निर्विरोध भइसकेका छन् । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकबाट उनी औपचारिक रुपमा सभामुख निर्वाचित हुने छन् । त्यसपछि संसदमा जेष्ठ सदस्यको हैशियतले सभामुखको भूमिकामा रहेका केसी पार्टी राजनीतिमा फर्कने छन् ।अहिलेको भूमिका रहँदा उनी पार्टी राजनीतिबाट अलग छन । उनी स्यंम समेत दलको नेता बन्ने चाहना राखेका छन । देउवा पक्षले पनि आफ्नो पक्षबाट उम्मेदवार खडा गर्न अनौपचारिक संवाद भने भित्रभित्र गरीरहेको छ ।

सर्वसम्मति नभएर चुनाव हुने अवस्था समेत आउन सक्ने भन्दै संस्थापनपक्षले केसीको प्रतिक्षा गरेको छ ।

‘उनी दलको नेता हुने वा नहुने कुरा अलग भयो । तर, दुई पक्षबीच चुनाव हुने भयो भने जेष्ठ सदस्यता भएर संसद चलाउने भूमिकामा हुँदा भोट हाल्न मिलेन’ संस्थापनपक्षका एक पदाधिकारीले भने,‘चुनाव हुने अवस्थमा एक भोटको पनि महत्य हुने भएकाले किन हतारिने भन्ने प्रश्न हो ।’

अर्का नेता भिष्मराज आङदम्बे दलको नेताका लागि आफू प्राकृतिक दावेदार भएको बताउँछन । देउवा समूहका रहेका आङदब्बे विशेष महाधिवेशनबाट निर्वाचित भएकै केन्द्रीय कार्यसमितिको पक्षमा बोल्दै आएका छन् । पार्टीले विहीबारको संसदको पहिलो बैठकमा दलको हैशियतमा सम्वोधन गर्न आङदम्बेलाई जिम्मेबारी दिएको थियो । संसदमा बोल्दै गर्दा उनले विशेष महाधिवेशनबाट निर्वाचित सभाप िगगन थापाको नेतृत्वमा कांग्रेस बदलिएको अभिव्यक्ति दिएका थिए ।

आङदम्बेले चैतको २३ र २४ भित्र दलको नेताको चुनाव हुन सक्ने संकेत आफूले पाएको बताए । ‘आइतबारसम्म सभामुखकै निर्वाचन छ । सभामुखको निर्वाचन सकिएपछि दलको नेताको चुनाव होला । पार्टीले सल्लाह गरीरहेको होला’ उनले भने ।

दलको नेताका निर्वाचनका लागि पार्टीले सहमहामन्त्री प्रकाश रसाईलीको नेतृत्वमा मुना भुषाल र राजु कटुवाल भएको निर्वाचन समिति बनाउने अनौपचारिक निर्णय गरेको छ तर सार्वजनिक गरेको छैन ।

प्रवक्ता देवराज चालिसेले दलको नेता चयनकालागि दुवै पक्षसंग अनौपचारिक संवादहरु भइरहेको बताए । ‘यो बेलामा सकेसम्म सर्वसम्मतिबाटै चयन गरौ भन्ने भावना हो, आइतबार र सोमबारसम्ममा संभवतः चयन भइसक्न सक्छ’ उनले भने ।

दलको नेताका निर्वाचनका लागि पार्टीले सहमहामन्त्री प्रकाश रसाईलीको नेतृत्वमा मुना भुषाल र राजु कटुवाल भएको निर्वाचन समिति बनाउने अनौपचारिक निर्णय गरेको छ तर सार्वजनिक गरेको छैन् ।प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषदको सदस्य समेत हुन्छन । संवैधानिक पदाधिकारीहरुको नियुक्तिका लागि सिफारिस गर्ने परिषदमा सदस्य हुने भएकाले प्रमुख प्रतिपक्ष दलको नेता के हुने भन्ने चासो बढ्ता छ । 

प्रमुख प्रतिपक्ष दलको नेताले उपसभामुख सरहको सुविधा पाउँछन । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धी ऐन २०७३ को अनुसुचीमा प्रमुख प्रतिपक्ष दलका नेताले पाउने सेवा र सुविधाका बारेमा उल्लेख गरिएको छ ।

जसमा प्रमुख प्रतिपक्ष दलको नेताले सभामुख र राष्ट्रिय सभाका उपाध्यक्षसरहको सेवा सुविधा पाउँछन । प्रमुख प्रतिपक्ष दलको नेताले पारिश्रमिक ६० हजार ९ सय ७० पाउँद्धन । त्यसपछि विशेष भक्ता, बैठक भक्ता, सुचना, सञ्चार सुविधा, टेलिफोन इन्टरनेट, पत्रिपत्रिका खर्च, आवास सुविधा, फर्निचर (पहिलोपल्ट), निजी सचिवालय, सवारी, सवारी चालक, डिजेल/पेट्रोल, मोविल, धारा, विजुली, भ्रमण भक्ता, कम्यूटुर अप्रेटर, कार्यलय सहयोगी, अंगरक्षक, गार्ड र सैनिक जवान, सीपाहीलगायतका सुविधाहरु पाउँछन ।

दलको नेताका लागि चर्चामा आएका केसी र आङ्गदम्बे दुवै समानुपातिक तर्फबाट चयन भएका हुन् । पार्टीमा प्रत्यक्ष निर्वाचितबाटनै दलको नेता बनाउनुपर्ने अर्को दबाव पनि छ । त्यसो हुँदा केही युवा सांसदहरुले युवा नेताहरुलाई दलको नेता बनाउन सुझाइरहेका छन् ।

यसपटक संसदमा पाकाहरुको भन्दा युवाहरुको प्रतिनिधित्व बढी छ । ४५ मुनीका युवा सांसदहरुको बाहुल्य रहेको संसदमा प्रमुख प्रतिपक्ष दलको नेता युवालाई बनाउनुपर्ने आवाज पार्टीभित्र र बाहिरबाट आइरहेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह आफै ३६ बर्ष उमेरका छन् । त्यस हिसवाले पनि निश्कल राई, योगेश गौचन थकाली र बासना थापा मध्ये एकलाई दलको नेता बनाउनुपर्ने युवा आवाज प्रकट भएको छ ।

एमालेले युवा सांसद सुहाङ नेम्वाङलाई दलको नेता बन्न छेकबार लगाईएको बिषयलाई लिएर पार्टीभित्र र बाहिर समेत चर्को बिरोध भइरहेको छ । पार्टीमा आबद्ध केही युवाहरुले सडकमै निस्केर बिरोध गरेका छन् । त्यसको मनोवैज्ञानिक दबाव समेत कांग्रेस नेतृत्वमाथि छ ।

उपसभामुख माग

एउटै दलले सभामुख र उपसभामुख दुवै पद लिन नपाईने संवैधानिक प्रवन्धका कारण कांग्रेसले उपसभामुखमा आफ्नो दावी राखेको छ । सभामुखका लागि शुक्रबार भएको मनोनयनमा रास्वपाका उपाध्यक्ष डीपी अर्याल निर्विरोध भइसकेका छन र आइतबार उनी औपचारिक निर्वाचित हुँदैछन । कांग्रेस प्रवक्ता देवराज चालिसेले ठुलो दलको हैशियतले रास्वपाले सभामुख लिएपछि प्रतिनिधिसभाको प्रतिपक्ष र राष्ट्रियसभाको पहिलो हैशियतमा कांग्रेसले उपसभामुख पाउनुपर्ने दावी गरे ।

‘माग्ने र लिने भन्दापनि संस्कार र संस्कृतिको बिषय हो । अर्को हाउस संचालनमा कस्तो खालको अभ्यास गर्ने भन्ने बिषय हो’ उनले भने,‘हामीले सहकार्य र ससहमतिलाई प्राथमिकतामा नै राखेका छौ । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष दललाई उपसभामुख दिदा संस्दीय संस्कृति र संस्कारको विकास पनि हुन्छ ।’

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully