नेपाल अब यथास्थितिमा बस्न तयार छैन : सोविता गौतम

'सांसदहरु पदभन्दा बढी प्रतिज्ञा लिएर आएका छन् । यो संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्छ ।'

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Nepal is no longer ready to remain in the status quo: Sobita Gautam

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले २०८२ को निर्वाचनले संसद्को स्वरुप मात्रै होइन देशको मनोविज्ञान नै बदलिएको बताएकी छन् ।

आजको संसद् बैठकमा डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा समर्थन गर्दै गौतमले यस्तो बताएकी हुन् । संसद्‌मा यसपटक धेरै नयाँ अनुहार आएको भन्दै उनले थपिन्, 'नेपाल अब यथास्थितिमा बस्न तयार छैन । तदर्थवादको चक्रमा अल्झिरहन चाहन्न ।'

संसदमा नेपालका कठिन भूगोलको पीडा पनि प्रतिविम्बित भएको भन्दै उनले यहीँ उज्यालो भविष्यको आशा पनि देखिरहेको बताइन् । 'यस संसद्मा सम्भावना पनि छन् । सांसदहरु पदभन्दा बढी प्रतिज्ञा लिएर आएका छन् । यो संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्छ,' उनले भनिन्, 'सबै मिलेर संसद् परिपक्व बनाउनुपर्छ । स्वस्थ बहस आवश्यक छ । सभामुखले यसका लागि सहजीकरण गर्ने अपेक्षा गरेकी छु ।' 

यो संसद् ऐतिहासिक परीक्षामा समेत रहेको उनले बताइन् ।  

कान्तिपुर

Link copied successfully