सदनको मर्यादा कायम हुनेगरी काम गर्छु : नवनिर्वाचित सभामुख अर्याल

‘संविधान, कानुन राम्रोसँग हेरेको छु मैले । त्यसलाई पालना गरेर सबै माननीयज्यूहरूलाई सम्मान हुने किसिमबाट सदनको मर्यादा कायम हुने किसिमबाट काम हुन्छ । निष्पक्ष भूमिका निर्वाह हुनुपर्छ, हुन्छ,’ उनले भने ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

I will work to maintain the dignity of the House: Newly elected Speaker Aryal

काठमाडौँ — प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादाकायम हुनेगरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

सभामुख निर्वाचित भएलगत्तै संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिँदै उनले संविधान र कानूनको पालना गर्दै सबै सांसदको सम्मान हुनेगरी आफू अघि बढ्ने समेत बताए । 

नवनिर्वाचित सभामुख अर्यालले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताएका छन् । ‘संविधान, कानुन राम्रोसँग हेरेको छु मैले । त्यसलाई पालना गरेर सबै माननीयज्यूहरूलाई सम्मान हुने किसिमबाट सदनको मर्यादा कायम हुने किसिमबाट काम हुन्छ । निष्पक्ष भूमिका निर्वाह हुनुपर्छ, हुन्छ,’ उनले भने । 

कान्तिपुर

Link copied successfully