यस्तो छ राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचनको कार्यतालिका

सोही दिन ४ बजे दर्ता भएको प्रस्तावलाई सूची प्रकाशन गर्ने र चैत २३ गते १:१५ मा हुने सभाको बैठकमा प्रस्ताव र समर्थनपछि निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

चैत्र १९, २०८२

रासस

This is the schedule for the National Assembly Vice President election.

काठमाडौँ — राष्ट्रिय सभाको उपाध्यक्ष पदमा यही चैत २३ गते हुने निर्वाचनका लागि संघीय संसद् सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ ।

सभाको बिहीबारको बैठकमा अध्यक्ष नारायारणप्रसाद दाहालले दिएको निर्देशनबमोजिम सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले सूचना जारी गर्दै सो पदमा निर्वाचित गरियोस् भनी चैत २२ गते दिउँसो २:३० देखि अपराह्न ३:३० बजेसम्म सिंहदरबारस्थित सचिवालयमा प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको छ । 

सोही दिन ४ बजे दर्ता भएको प्रस्तावलाई सूची प्रकाशन गर्ने र चैत २३ गते १:१५ मा हुने सभाको बैठकमा प्रस्ताव र समर्थनपछि निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

This is the schedule for the National Assembly Vice President election.

रासस

Link copied successfully