रास्वपाले अर्याललाई सभामुखको उम्मेदवार बनाउने

सभामुखमा अर्यालको नाम सभापति लामिछानेले प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा पारित भएको छ ।

चैत्र १९, २०८२

दुर्गा दुलाल

RSP to nominate Aryal for Speaker's post

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको सभामुख पदका लागि उपसभापति एवं सांसद डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबारको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका हुन् । सभामुखमा अर्यालको नाम सभापति लामिछानेले प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा पारित भएको छ । यो सँगै प्रतिनिधिसभामा रास्वपा दुई तिहाइ नजिक भएकाले अर्याल निर्वाचित हुने देखिन्छ । 

उनी अघिल्लो प्रतिनिधिसभामा पनि सांसद थिए ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully