संसद् बैठकअघिको सर्वदलीय बैठकमा को को हुँदै छन् सहभागी?

दिउँसो एक बजे संघीय संसद् सचिवालयमा बस्न लागेको सर्वदलीय बैठकको अध्यक्षता भने जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्दै छन्।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Who is participating in the all-party meeting before the Parliament session?

काठमाडौँ — चुनावपछिको प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार (भोलि) बस्दै छ। त्यसअघि आजै सर्वदलीय बैठक बस्दै छ।  

दिउँसो एक बजे  सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बस्न लागेको सर्वदलीय बैठकको अध्यक्षता भने जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्दै छन्। 

संघीय संसद् सचिवालयको आयोजनामा हुन लागेको बैठकमा सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सहभागी हुने छिन्। 

अनि, संसद्‍मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि बैठकमा उपस्थित हुने छन्। यो बैठकले भोलिको बैठकका एजेन्डा तय गर्ने छ। 

सर्वदलीय बैठकमा रास्वापाबाट ५, कांग्रेस र एमालेबाट २/२ जना र नेकपा, राप्रपा र श्रम संस्कृतिबाट एक/एक जनाको उपस्थिति हुने छ 

रास्वपाबाट डीपी अर्याल,  कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य,  समीक्षा बास्कोटा  र प्रकाशचन्द्र परियार बैठकमा जाने छन्। 

त्यस्तै कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया, एमालेबाट गणेशसिंह ठगुन्ना  र गुरुप्रसाद बुर्लाकोटी उपस्थित हुने छन्। 

नेकपाबाट वर्षमान पुन, राप्रपाबाट खुस्बु ओली र श्रम संस्कृति पार्टी आरेन राईको पनि उपस्थिति हुने छ। 

कान्तिपुर

Link copied successfully