थापाको अध्यक्षतामा बस्यो एमाले संसदीय दलको बैठक

नेकपा एमाले संसदीय दलको बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको छ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

UML parliamentary party meeting held under the chairmanship of Thapa

काठमाडौँ — नेकपा एमाले संसदीय दलको बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको छ। 

भोलिदेखि सुरु हुन लागेको निर्वाचनपछिको पहिलो प्रतिनिधि सभा बैठकको तयारीबारे बैठकमा छलफल हुन लागेको हो। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा दलको नेता चयन गर्ने एजेन्डा पनि रहेको छ। 

थापा एमालेबाट संसद्‍मा प्रतिनिधित्व गर्ने वरिष्ठ नेता हुन्। नयाँ प्रस्ताव आएको खण्डमा बाहेक उनी नै दलको नेता बन्ने ठानिएको छ। 

कान्तिपुर

Link copied successfully