नेकपा एमाले संसदीय दलको बैठकमा निर्वाचन प्रक्रियाबाट नेता चयन गर्न माग भएको छ ।
काठमाडौँ — नेकपा एमाले संसदीय दलको बैठकमा निर्वाचन प्रक्रियाबाट नेता चयन गर्न माग भएको छ ।
केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बुधबार बसेको बैठकमा सांसद सुहाङ नेम्वाङले निर्वाचनको विधिबाट दलको नेता चयन गर्नु उपयुक्त हुने धारणा राखेका हुन् ।
बैठकमा सहभागी एक सांसदका अनुसार नेम्वाङले निर्वाचन विधिबाट दलको नेता चयन गर्दा उपयुक्त हुने बताएका हुन् ।
उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा दलको नेता चयन गर्ने प्रस्तावमा छलफल भइरहेको छ ।
