सर्वदलीय बैठक सिंहदरबारमा सुरु

चुनावपछिको प्रतिनिधि सभाको पहिलो बैठकका एजेन्डा तय गर्न सर्वदलीय बैठक सुरु भएको छ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

All-party meeting begins at Singha Durbar

काठमाडौँ — भाेलि बस्ने चुनावपछिको प्रतिनिधि सभाको पहिलो बैठकका एजेन्डा तय गर्न सर्वदलीय बैठक सुरु भएको छ। 

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सुरु भएको सर्वदलीय बैठकको अध्यक्षता जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गरेका छन्। 

संघीय संसद् सचिवालयको आयोजनामा बसेको बैठकमा सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सहभागी  छिन्। 

All-party meeting begins at Singha Durbarसर्वदलीय बैठकमा रास्वापाबाट ५, कांग्रेस र एमालेबाट २/२ जना र नेकपा, राप्रपा र श्रम संस्कृतिबाट एक/एक जनाको उपस्थित छन्।

रास्वपाबाट डीपी अर्याल,  कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य,  समीक्षा बास्कोटा  र प्रकाशचन्द्र परियार सहभागी छन्।

त्यस्तै कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया, एमालेबाट गणेशसिंह ठगुन्ना र गुरुप्रसाद बुर्लाकोटी उपस्थित हुने छन्। 

नेकपाबाट वर्षमान पुन, राप्रपाबाट खुस्बु ओली र श्रम संस्कृति पार्टी आरेन राईको पनि उपस्थिति रहेको छ।All-party meeting begins at Singha Durbar

कान्तिपुर

Link copied successfully