रास्वपा सभापति लामिछाने र राष्ट्रिय सभा सदस्य ठाकुरबीच भेटवार्ता

वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायतका विषयमा कुराकानी 

चैत्र १७, २०८२

कान्तिपुर संवाददाता

Meeting between RSVP President Lamichhane and National Assembly member Thakur

काठमाडौँ — रास्वपा सभापति रवि लामछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बुढानीलकण्ठस्थित लामिछाने निवासमा दुई नेताबीच कुराकानी भएको हो ।

लामिछानेको सचिवालयका अनुसार दुई नेताबीच वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायतका विषयमा कुराकानी भएको थियो ।

साथै पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष सहमत भएको पनि सचिवालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully