प्रधानमन्त्री शाहलाई राप्रपा सांसद शाहीले बुझाए ९ बुँदे पत्र

प्रधानमन्त्री वालेन्द्र शाहलाई जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ९ बुँदे पत्र बुझाएका छन् ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

RPP MP Shahi submits 9-point letter to Prime Minister Shah

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहलाई जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ९ बुँदे पत्र बुझाएका छन् ।

प्रधानमन्त्री शाहले कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा छलफलका लागि बोलाएका थिए । उक्त बैठकमा कर्णाली प्रदेशका विकास योजना र त्यहाँको आवश्यकताबारे छलफल भएको थियो । उक्त कार्यक्रममा राप्रपाका सांसद शाहीले कर्णालीको विकासका लागि गर्नुपर्ने कामको ९ बुँदे पत्र बुझाएका थिए ।  

प्रधानमन्त्री शाहले कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई कर्णाली प्रदेशको दिगो तथा समावेशी विकासका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट बताएका थिए । प्रधानमन्त्री शाहले आवश्यक नीतिगत तथा संरचनागत सहयोग दिने सांसदहरूलाई बताएका थिए । प्रधानमन्त्रीसँग सांसदहरूको भेटका क्रममा कर्णाली प्रदेशको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधार, रोजगारी सिर्जना र स्थानीय स्रोत–साधनको सदुपयोगका विषयमा विस्तृत छलफल भएको सहभागी सांसदले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहलाई राप्रपा सांसद शाहीले बुझाएको ज्ञापनपत्र यस्तो छ :

RPP MP Shahi submits 9-point letter to Prime Minister Shah

RPP MP Shahi submits 9-point letter to Prime Minister Shah

RPP MP Shahi submits 9-point letter to Prime Minister Shah

कान्तिपुर

Link copied successfully