राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

President summons session of both houses of Federal Parliament

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। 

राष्ट्रपति पौडेलले चैत १९ गते दिउँसो २ बजे संघीय संसद् भवन सिंहदारबारमा अधिवेशन आह्वान गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन् । 

यसअघि सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन् ।

कान्तिपुर

Link copied successfully