‘पपुलिजम’को उत्कर्षमा न्यायालयको धेरै भरोसा नगर : वरिष्ठ अधिवक्ता भट्टराई 

विपक्षी दलहरूलाई वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको सुझाव - पहिले आफ्नो घर जे गर्दा बलियो हुन्छ त्यसै गर । भ्रष्ट, अनैतिक र तिरस्कृत अनुहारहरूलाई बिदा गर । पपुलिजमको उत्कर्समा न्यायलयको धेरै भरोसा नगर ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Don't trust the judiciary too much in the rise of 'populism': Senior Advocate Bhattarai

काठमाडौँ — वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अहिलेको समयमा विपक्षी दलहरूले न्यायालयको भरोसा धेरै गर्न नहुने बताएका छन् । उनले कांग्रेस, एमाले र अरु प्रतिपक्षीहरूले न्यायालयबाट धेरै अपेक्षा राख्न नहुने र आफूलाई सच्याएर अगाडि बढ्नुपर्ने बताएका हुन् । 

वरिष्ठ अधिवक्ता भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत विपक्षीहरूलाई उक्त आह्वान गरेका हुन् । 'कांग्रेस, एमाले र अरु प्रतिपक्षिहरू, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लडाइँ एकसाथ लड्न तयार रहनुस्,' उनले भनेका छन्, ' यो लडाइँ अलि लामो हुन सक्छ । तसर्थ पहिले आफ्नो घर जे गर्दा बलियो हुन्छ त्यसै गर । भ्रष्ट, अनैतिक र तिरस्कृत अनुहारहरूलाई बिदा गर । पपुलिजमको उत्कर्समा न्यायलयको धेरै भरोसा नगर ।'

नेपालमा आगामी दिनमा नागरिक हक, प्रेस स्वतन्त्रता र प्रजातन्त्रको ठाउँ संकुचित हुने चिन्ता भट्टराईले गरेका छन् । उनले भनेका छन्, 'पपुलिजमको उत्कर्समा नागरीक हक, प्रेस स्वतन्त्रता र प्रजातन्त्रको स्पेस संकुचित हुन्छ भन्ने हेक्का राख ।'

कान्तिपुर

Link copied successfully