संघीय संसद्को अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस

चैत १९ देखि सुरु हुने संसद्को अधिवेशन फागुन २१ को निर्वाचन पछिको पहिलो हो । यो अधिवेशनमा प्रतिनिधिसभाले सभामुख र उपसभामुख निर्वाचित गर्नेछ ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Council of Ministers recommends convening a session of the Federal Parliament

काठमाडौँ —  

मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार चैत १९ गते २ बजे बस्ने गरी संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको छ । 

मन्त्रिपरिषद्को बैठक सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको थियो । प्रतिनिधिसभाको निर्वाचन पछिको पहिलो अधिवेशन बस्न लागेको हो । यो बैठकमा प्रतिनिधिसभाले सभामुख र उपसभामुख निर्वाचित गर्नेछ । संविधानको व्यवस्थाअनुसार निर्वाचन पछिको पहिलो अधिवेशनको १५ दिनभित्र सभामुख  र उपसभामुखको निर्वाचन गराउनुपर्ने हुन्छ ।  

कान्तिपुर

Link copied successfully