मन्त्रिपरिषद् बैठक बस्दै

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि दोस्रो पटक मन्त्रिपरिषद् बैठक सोमबार बस्न लागेको हो ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Cabinet meeting underway

काठमाडौँ — मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि दोस्रो पटक मन्त्रिपरिषद् बैठक सोमबार बस्न लागेको हो । 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो । 

मन्त्रिपरिषद्को पहिलो बैठक चैत १३ मा बसेको थियो । सोही दिन प्रधानमन्त्री शाहसँगै १४ जना मन्त्रीले शपथ लिएर पदभार ग्रहण गरेका थिए । 

मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधार सम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो । 

कान्तिपुर

Link copied successfully