काठमाडौंको माइतीघर मण्डलबाट नाराबाजी गर्दै बानेश्वरतर्फ आइरहेका उनीहरुलाई प्रहरीले बबरमहलमै रोकेको छ।
काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा कार्यकर्ताहरुले आज पनि प्रदर्शन जारी रोखका छन्। काठमाडौंको माइतीघर मण्डलबाट नाराबाजी गर्दै बानेश्वरतर्फ आइरहेका उनीहरुलाई प्रहरीले बबरमहलमै रोकेको छ। उनीहरुले समूहगतरुपमै गएर जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउन खोजिरहेका छन्।
तर, प्रहरीले उनीहरुलाई प्रतिनिधि मात्रै पठाउन आग्रह गरिरहेको छ। प्रदर्शनमा केन्द्रीय तहका नेताहरु समेत सहभागी छन्। भदौ २३ र २४ गतेको आन्दोलन दबाएको भन्दै प्रहरीले शनिबार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो।एमाले कार्यकर्ताहरूले पक्राउको विरोधमा शनिबार काठामाडौंसहित देशभर प्रदर्शन गरेका थिए।
![UML protest at Babarmahal against Oli's arrest [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/uml-protest-babarmahal-3-2932026093702-1000x0.jpg&w=1001&h=0)
![UML protest at Babarmahal against Oli's arrest [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/uml-protest-babarmahal-1-2932026093736-1000x0.jpg&w=1001&h=0)