कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार

समितिको बैठक बुधबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा हुनेछ ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Congress Central Disciplinary Committee meeting on Wednesday

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै समितिको जरुरी बैठक यही चैत १८ गते बुधबार दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए ।

उक्त बैठक पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्न लागेको हो । 

कान्तिपुर

Link copied successfully