अन्य दलसँग संवाद र समन्वयका लागि एमालेका ३ उपाध्यक्षलाई जिम्मेवारी

ओली पक्राउपछि एमाले नेताहरूले संसद्, सडक र कानुनका माध्यमबाट प्रतिवाद गर्दै अन्य दलसँग सहकार्य गर्न तयारी थालेको छ ।

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

UML's 3 vice-chairmen given responsibility for dialogue and coordination with other parties

काठमाडौँ — एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध अन्य राजनीतिक दलसँग सहकार्य गर्न नेताहरूलाई जिम्मेवारी तोकेको छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा शनिबार बिहान बसेको आकस्मिक सचिवालय बैठकले संसद्, सडक र कानुनी रूपमा प्रतिवाद गर्न तीन उपाध्यक्षलाई जिम्मेवारी तोकेको हो । 

राजनीतिक दलसँग समन्वय गर्ने जिम्मा उपाध्यक्ष विष्णु पौडेललाई, संसदीय दलसँगको संवाद र समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापा र कानुनी लडाइँका लागि समन्वय गर्ने जिम्मेवारी उपाध्यक्ष गोकर्ण विष्टलाई दिइएको छ ।

देशभर जनपरिचालनको संयोजन महासचिव शंकर पोखरेलको गर्नेछन् ।

कान्तिपुर

Link copied successfully