जयशंकरले खनालसँग सहकार्य गर्न आतुर रहेको उल्लेख गरेका छन् ।
काठमाडौँ — भारतका विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
विदेशमन्त्री जयशंकरले आज सामाजिक सञ्जालमार्फत खनाललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउने बताएका हुन् । जयशंकरले खनालसँग सहकार्य गर्न आतुर रहेको उल्लेख गरेका छन् ।
खनालले बिहीबार नै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन् ।
