बालेन्द्र नेतृत्वको १५ सदस्य मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्‍मा पाँच जना मन्त्री महिला बनेका छन्। यो संगै संविधानले भनेको ३३ प्रतिशत सहभागीता सरकारमा भएको छ ।

चैत्र १३, २०८२

दुर्गा दुलाल

33 percent women in Balendra-led 15-member cabinet

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्‍मा पाँच जना मन्त्री महिला बनेका छन्।  यो संगै संविधानले भनेको ३३ प्रतिशत सहभागीता सरकारमा भएको छ ।  

महिला मन्त्रीहरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भइन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई  शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री शाहलाई सपथ गराए लगत्तै राष्ट्रपति पौडेलले उनीहरुलाई सपथ गराएका हुन् । 

अब नवनियुक्त मन्त्रीहरुले सि‌हदबारमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन्।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully