प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्छौं : पुन

नेता वर्षमान पुनले जनताको कार्यदेशअनुसार प्रतिपक्षमा रहेर संसदीय भूमिकामा रहेर काम गर्ने बताए ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

We will play a role in holding the government accountable by being in the opposition: Pun

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले आफूहरूले प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् । 

आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारमा उपस्थित उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै जनताको कार्यदेशअनुसार प्रतिपक्षमा रहेर संसदीय भूमिकामा रहेर काम गर्ने बताए । उनले विगतको संसदीय अनुभवलाई यस कार्यकालमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कान्तिपुर

Link copied successfully