रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

बिहीबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सभामुख, उपसभामुख, मन्त्रीहरु, पार्टीको मुख्यसचेतक, सचेतकलगायत छनोटका लागि सर्वसम्मतीले उक्त निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य निशा डाँगीले बैठकले जानकारी दिइन् ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

RSVP parliamentary party meeting: Party leadership has the right to select parliamentary office bearers

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीहरुलाई दिने निर्णय गरेको छ ।

बिहीबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सभामुख, उपसभामुख, मन्त्रीहरु, पार्टीको मुख्यसचेतक, सचेतकलगायत छनोटका लागि सर्वसम्मतीले उक्त निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य निशा डाँगीले बैठकले जानकारी दिइन् । 

यसअघि आजै बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई सर्वसम्मतीले चयन गरेको थियो ।

कान्तिपुर

Link copied successfully