सांसद स्वर्णिम वाग्लेले अब बन्ने सरकारको प्राथमिकता सुशासन कायम गराउनु पनि रहेको बताए ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सरकारको अबको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना रहेको बताएका छन् ।
आज प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ कार्यक्रममा उपस्थित भएका उनले अब बन्ने सरकारको प्राथमिकता गुणस्तरीय पुनर्निर्माणसँगै सुशासन कायम गराउनु रहेको बताए ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित संसद्मा पुगेको छ ।
