रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह, प्रधानमन्त्री बन्न बाटो खुल्यो

संविधानको धारा ७६को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ भनिएको छ । उसकै अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने छ भनिएको छ ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — रास्वपा संसदीय दल बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने निर्णय सर्वसम्वत रुपमा पारित गरेको छ । यो  निर्णयस‌ँगै शाहलाई प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खुलेको छ । 

संविधानको धारा ७६को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ भनिएको छ । उसकै अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने छ भनिएको छ । 

२१ फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपा दुई तिहाइ नजिक मत ल्याउँदै पहिलो दल बनेको थियो । रास्वपासँग सहज बहुमत भएकाले राष्ट्रपतिले उनलाई धारा ७६ को उपधारा १ अनुसार प्रधानम्त्री नियुक्ति दिँदै भोलि शुक्रबार शपथ खुवाउने कार्यसूची रहेको छ । यसअघि रास्वपाको केन्द्रीय समितिको बैठकले सर्वसम्वत रुपमा शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको प्रस्ताव पार्टी सभापति रवि लामिछानेले गरेका थिए ।

कान्तिपुर

Link copied successfully