उनले समाजको विविधता र पुस्ताको विविधता पार्टीभित्र भए पनि संरचना भद्दा खालको भएको भन्दै त्यसमा सुधार गर्नुपर्ने बताए ।
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले पार्टीको संगठनात्मक संरचनामा पनि व्यापक सुधारको खाँचो रहेको छ । उनले समाजको विविधता र पुस्ताको विविधता पार्टीभित्र भए पनि संरचना भद्दा खालको भएको भन्दै त्यसमा सुधार गर्नुपर्ने बताए । उनले भने, कांग्रेसको मौलिकता के हो भन्ने खोज्नुपर्ने बताए । कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् ।
निर्वाचनमा भएको हारको समीक्षा गर्दै पुस्तौँपुस्ता कांग्रेससँग जोडिएको परिवारकै नौजवान युवा किन कांग्रेसमा जोडिन सकेन भनेर समीक्षा गर्नुपर्ने बताएका छन् । उनले यो विषयमा नागरिककै घरघरमा पुगेर पार्टीले छलफल गर्नुपर्ने पनि बताए । उनले पार्टीभित्र व्यापक सुधार चाहिएको बताउँदै पार्टीका केही कोर भ्यालुहरू भएको भन्दै आम जनताको स्वतन्त्रताका लागि लडेको पार्टीभित्र त्यो मूल्य–मान्यता कमजोर भएको त छैन भनेर प्रश्न गरे । उनले कांग्रेस राष्ट्रिय दृष्टि भएको पार्टी भएको भन्दै त्यसलाई जोगाउनुपर्ने बताए । उनले केही वर्षयता सत्ताका लागि पार्टीले गरेको सम्झौताको
उनले पार्टीको संगठनात्मक संरचनामा पनि व्यापक सुधारको खाँचो रहेको छ । उनले समाजको विविधता र पुस्ताको विविधता पार्टीभित्र भए पनि संरचना भद्दा खालको भएको भन्दै त्यसमा सुधार गर्नुपर्ने बताए । उनले भने, कांग्रेसको मौलिकता के हो भन्ने खोज्नुपर्ने बताए ।
उनले पार्टीको संगठनमा रहेका व्यक्तिहरूको भूमिका के हो र सही मानिस सही भूमिकामा छ कि छैन भनेर पनि हेर्नुपर्ने बताए । पार्टीले सामाजिक आन्दोलनको काम पनि गर्नुपर्ने बताउँदै उनले भने, 'पार्टी शुद्धीकरणको काम पनि गर्नुपर्छ । पार्टी महाधिवेशनमा जाँदै गर्दा पार्टी सुधारको काम पनि गर्दै जानुपर्छ ।'
