कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि ११ बजे पुन: बस्ने

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा आजदेखि सुरु भएको बैठक सभापति गगनकुमार थापाले मन्तव्य राख्दै सुरु भएको हाे ।

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

Congress Central Working Committee meeting to resume tomorrow at 11 am

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि ११ बजे बस्ने गरी सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आजदेखि सुरु भएको बैठक सभापति गगनकुमार थापाले मन्तव्य राख्दै सुरु भएको हो ।

बैठकमा महामन्त्री प्रदीप पौडेलले छलफलका लागि समसामयिक, सुशासन स्थापनामा गर्न साथ, सक्रियता र सुझाव, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, १५औं महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठन, प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता, भ्रातृ संघ, शुभेच्छुक संस्था र जनसम्पर्क समिति सम्बन्धमा, केन्द्रीय लेखा समिति गठनलगायत विषय प्रस्ताव गरेका थिए । 

आजको बैठकमा २८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । धारणा राख्ने क्रम जारी रहेकोले केन्द्रीय कार्यसमितिको बैठक भोलि ११ बजे पुनः बस्ने जनाइएको छ । 

आजको बैठकमा केन्द्रीय सदस्यहरू- डा. गोपाल दहित, तारामान गुरुङ, मैकुलाल वाल्मिकी, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सुधीर शिवाकोटी, शम्भुलाल श्रेष्ठ, नरेन्द्रकुमार केरुङ, रेशमबहादुर वानियाँ, जीतनारायण श्रेष्ठ, रमेश धमला, दिपनकुमार श्रेष्ठ, वसन्त भट्टराई, जनकराज गिरी, शम्भुबहादुर बुढाथोकी, तीर्थजंग शाही, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, रामबहादुर कार्की, नारायणप्रसाद भट्टराई, शिवबहादुर सुनार, सूर्यबहादुर विक, दिनेश सुनार, छन्दबहादुर पहराई, जगदीशचन्द्र उपाध्याय, रामपल्टन साह र  प्रदेश सभापतिहरू- कृष्णप्रसाद यादव (मधेश) र ईन्द्रबहादुर बानियाँ (बागमती)ले धारणा राखेका छन् ।

कान्तिपुर

Link copied successfully