संसदीय दल नेताको सम्बन्धमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक 

रास्वपा सहप्रवक्ता तथा सांसद प्रतिभा रावलका अनुसार संसदीय दलको नेता र विविध विषयमा छलफल गर्नका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

RSP calls central committee meeting to discuss parliamentary party leader

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले संसदीय दलको नेताको सम्बन्धमा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाएको हो । 

रास्वपा सहप्रवक्ता तथा सांसद प्रतिभा रावलका अनुसार संसदीय दलको नेता र विविध विषयमा छलफल गर्नका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार चैत १२ गते ४ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाइएको रावलले जानकारी दिइन् । सोही दिन सांसदहरुले पद तथा गोपनियताको शपथ लिँदैछन् ।

संसदीय दलको नेतासँगै विविध विषयमा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको रावलले जानकारी दिइन् । 

रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्दैछ । उनलाई नै प्रधानमन्त्री बनाउने रास्वपाले यसअघि नै घोषणा गरेको छ । शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी छ ।

रास्वपाको प्रतिनिधिसभामा १ सय ८२ सांसद छन् । 

कान्तिपुर

Link copied successfully