ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिसमक्ष शपथ लिने

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसमक्ष बुधबार बिहान ११: १५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

Senior member KC will take oath before the President

काठमाडौँ — प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने भएका छन् । 

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसमक्ष बुधबार बिहान ११: १५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

नवनिर्वाचित सांसद केसीले सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभा सञ्चालन गर्ने छन् । 

नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित ७८ वर्षीय केसीले यही चैत १२ गते संघीय संसद् भवनमा प्रतिनिधिसभाका अन्य २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

कान्तिपुर

Link copied successfully