शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा र निर्वाचन परिणामको समीक्षात्मक प्रतिवेदन सँगै सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका थिए ।
काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पर्सि आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा र निर्वाचन परिणामको समीक्षात्मक प्रतिवेदन सँगै सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका थिए ।
महामन्त्री प्रदीप पौडेलका अनुसार आजको बैठकमा बोल्ने २४ जना केन्द्रीय सदस्यहरुमा सबैले सभापति थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखेका छन् । पर्सिको बैठकमा बोल्नेक्रम सकिएपछि सभापतिको प्रस्ताव स्वीकृत गर्ने अस्वीकृत गर्ने भन्ने निर्णय गरिनेछ । त्यसपछि कुनै बैठकमा पार्टीको १५औं नियमित महाधिवेशनको कार्यतालिका र तयारीबारे छलफल हुनेछ ।
