छलफलमा रहेका उपसभापति वाग्लेले आफूसहित ४ नेताको तस्बिर सार्वजनिक गर्दै लेखे : राजकाज, आज साँझकाे छलफल
काठमाडौँ — सरकार गठनलगायतका विषयमा रास्वपाका ४ शीर्ष नेताहरू छलफलमा जुटेका छन् । रास्वपा उपसभापति स्वर्णीम वाग्लेले सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापति डीपी अर्यालसहितको तस्बिर सार्वजनिक गरेका छन् ।
केही दिनदेखि वरिष्ठ नेता बालेन्द्र शाह सरकार गठनको आन्तरिक तयारीमा रहेको भनिएका बेला ४ शीर्ष नेता छलफलमा जुटेका हुन् । एक नेताका अनुसार सभापति लामिछानेसहितको शीर्ष नेतृत्वसँग शाह निरन्तर छलफलमा छन् ।
निर्वाचन आयोगले बिहीबार समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र दिएसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको छ ।
