वर्तमान व्यवस्था र संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन : रवि लामिछाने

यद्यपि, उनले शासकीय स्वरूपमा आवश्यक सुधारको पक्षमा आफू रहेको उल्लेख गरे।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

Our commitment to the current system and constitution has not wavered: Ravi Lamichhane

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्ध रहेको बताएका छन्।

बुधबार ललितपुरस्थित एक होटलमा आयोजित रास्वपा सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले वर्तमान व्यवस्था र संविधानप्रति पार्टीको प्रतिबद्धता अटल रहेको स्पष्ट पारे।

यद्यपि, उनले शासकीय स्वरूपमा आवश्यक सुधारको पक्षमा आफू रहेको उल्लेख गरे।

‘म लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्छु। वर्तमान व्यवस्था र संविधानप्रति प्रतिबद्ध छु,’ उनले भने, ‘शासकीय स्वरूपमा समयअनुसार केही सुधार आवश्यक छ भन्ने हाम्रो बुझाइ हो। तर वर्तमान व्यवस्था, परिवर्तन र संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन र डगमगिने पनि छैन।’

कान्तिपुर

Link copied successfully