कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ६ चैतमा बस्दै

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज सूचना जारी गर्दै ६ चैत २०८२ शुक्रबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएका छन् ।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

Congress Central Working Committee meeting to be held on 6 Chait

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले ६ चैतका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज सूचना जारी गर्दै ६ चैत २०८२ शुक्रबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएका छन् ।

सूचनामा भनिएको छ, ' नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत ६ गते शुक्रबार दिनको १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।'

कान्तिपुर

Link copied successfully