श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

आइतबार धरानमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको भागमा परेको ४ सिटमा सांसदको नाम टुंगो लगाएको हो ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Shram Sanskriti Party finalizes names of proportional representation MPs

काठमाडौँ — श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । 

आइतबार धरानमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको भागमा परेको ४ सिटमा सांसदको नाम टुंगो लगाएको हो ।

पार्टी प्रवक्ता सत्य घले गुरुङका अनुसार आदिवासी जनजातीबाट पूर्णप्रसाद लिम्बू, खसआर्य महिलाबाट अम्बिकादेवी सङ्ग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेसी महिलाबाट रुवीकुमारी ठाकुर चयन भएका छन् । 

प्रत्यक्षतर्फ श्रम संस्कृतिले अध्यक्ष हर्कराज राईसहित ३ सिट जितेको छ । खोटाङ, भोजपुर र सुनसरी १ मा प्रत्यक्षतर्फ जित हासिल गरेको थियो ।

कान्तिपुर

Link copied successfully