रास्वपा सचिवालय बैठक सुरु

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको छ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

RSVP Secretariat meeting begins

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

समानुपातिकतर्फ चयन हुने सांसदहरूको नाम पठाउने विषयमा निर्णय लिन सचिवालय बैठक बसेको हो।

निर्वाचन आयोगले समानुपातिकतर्फ चयन हुने सांसदहरूको नाम पठाउन दलहरूलाई आजसम्मको समय दिएको थियो।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको छ।

निर्वाचनअघि नै पठाइसकेको समानुपातिक सूचीबाट सबै क्षेत्रका क्लस्टर मिलाएर नाम पठाउनुपर्नेछ।

लामिछाने अनुपस्थित
बैठकमा रास्वपभा सभापति रवि लामिछाने भने उपस्थित छैनन्। उनी उपचारका लागि अस्पतालमा रहेकाले भर्चुअल माध्यमबाट जोडिएको बताइएको छ। 

कान्तिपुर

Link copied successfully