शोकमा रहेका ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री

आइतबार ओली निवास पुगेर उनले ओलीका बुवा मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Prime Minister reaches Gundu to meet Oli in mourning

काठमाडौँ — पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की भक्तपुरस्थित ओली निवास गुण्डु पुगेकी छिन्।

आइतबार ओली निवास पुगेर उनले ओलीका बुवा मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्।

श्रीमान् दुर्गा सुवेदीलाई साथमा लिएर गएकी कार्कीले ओली र उनको परिवारप्रति समवेदना व्यक्त गरेकी छिन्।

ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।

कान्तिपुर

Link copied successfully